काठमाडौँ, जाडो लाग्दै गर्दा आफ्नो स्वास्थ्य र खानपनमा बिसिष ध्यन दिनु पर्छ । जाडो स्वास्थ्यका हिसावले पनि केहीलाई दु:ख दिने गर्छ भने कतिपयलाई जाडो मौसम रमाइलो लाग्छ । आज हामी जाडो मौसममा ज्यानै तताउने ५ तरकारीका बारेमा जानकारी दिँदैछौँ ।
रायोः रायो हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । यो जाडो मौसमका लागि स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ । रायोको सागमा पाइने भिटामिन एले चिसोयाममा बढी देखिने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ । बाथका रोगीका लागि हुने हड्डी दुख्ने समस्याबाट राहत मिल्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी लाग्दैन ।
गोलभेँडाः गोलभेँडा स्वादमा मात्र नभई स्वास्थ्यका लागिसमेत उत्तिकै प्रभावकारी चिज हो । सबैजसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोका लागि पनि उत्तिकै फाइदाजनक छ । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । जसले जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग, छाला सुक्खा हुनेजस्ता समस्या नियन्त्रण गर्छ । गोलभेँडामा पाइने ल्याइकोपिनले हाम्रो शरीरमा भएको अनावश्यक फ्याट (बोसो) कम गर्छ ।
च्याउः च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ । चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ । यसमा प्रशस्त मात्रामा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गर्छ । तसर्थ, च्याउ बाथका रोगीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, यसले रगतमा सेतो रक्तकोषिका निर्माण गरी प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्याउँछ ।
बाँसको तामाः जाडोमा तामाको सुप स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको तरकारी, अचारसँगै सुप पनि बनाएर खान सकिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।
मेथीको सागः मेथीको दाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, दाना मात्र नभएर मेथीको साग पनि उत्तिकै उपयोगी छ । मेथीको साग खाएमा चिसो मौसममा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ । मेथीको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, यो नियमित खाँदा रक्तचापसमेत नियन्त्रण गर्छ । त्यसैगरी, मेथीको सागमा पाइने गेलोप्टोमाइनन् नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ ।
यो पनी पढ्नुहोस्ः यी कुरा गोप्य राख्नुहोस्, नत्र तपाईंलाई नै हुन्छ हानी
हामी मन मिलेको मानिस वा साथीलाई आफ्ना बारेमा सबैकुरा खुलस्त भन्दछौ । मानिस आफूलाई खुला हृदयको देखाउन सबै कुरा साथीहरुमाझ सार्वजनिक गर्दछन् । तर कतिपय अवस्थामा केही कुराहरु जति नै हितैषि भए पनि नबताउनु उपयुक्त हुन्छ । मानिसको जीवनमा केही गोप्य कुरा हुन्छन्, जो आफ्ना निकटका साथीभाइ वा आफन्तलाई समेत बताउनु हुँदैन । कतिपय कुरा श्रीमान/श्रीमती वा आमा–बुवासँग समेत भन्न नहुने पनि हुन्छन् । साथिभाइ त आमा–बुवा र श्रीमान/श्रीमतीभन्दा टाढाको बिषय हो । तसर्थ आज हामी मानिसले गोप्य राख्नु पर्ने ४ कुराबारे चर्चा गर्दैछौ :
गोप्य राख्नुपर्ने कुरा
१. श्रीमान् श्रीमतीबीचको विवाद, मायाका कुरा, मतभेद वा यौनका कुरा साथिभाईलाई बताउनु हुँदैन । यदि यी कुरा मन मिलेको भन्दै साथीभाइलाई सुनाउनु भयो भने भोलीका दिनमा ती साथीसँग मनमुटाव भए उसले बदला लिन यसलाई सार्वजनिक गर्न सक्छन् । तसर्थ श्रीमान श्रीमतीबीचका कुरा सकेसम्म कसैलाई भन्नु हुदैँन ।
२. आजको व्यावसायिक युगमा धेरैले व्यवसाय चलाउन व्यक्ति वा बैंकसँग ऋण लिन्छौ । तर आफूले लिएको ऋण वा आफूलाई परेको आर्थिक समस्याका बारेमा कसैलाई पनि भन्नु हुदैँन । तपाईं आफुले लिएको ऋणबारे वा आफ्ना ऋणीबारे अरुसँग कुरा गर्नु भएमा तपाईं ऋण डुब्नु भएको ठानी उनीहरुबाट हुनसक्ने सहयोग बन्द हुन्छ । साथै तपाईंको प्रभावसमेत ती ब्यक्तिहरु माझ घट्दै जान्छ ।
३. आजकल धेरै मानिसमा आफुले गरेको सहयोगलाई प्रचार गर्ने बानी छ । सहयोग गरेर यसलाई सार्वजनिक वा प्रचार गर्नु राम्रो हुदैँन । तपाईंले गरेको काम, सहयोग, मानव धर्म वा पुण्य अरुले चर्चा गरुन् तर आफैले आफूले गरेका सहयोग, दान वा उद्धारका कुरा प्रचार गर्नु राम्रो हुदैँन । तसर्थ यस्ता कुरा गोप्य राख्नु नै उत्तम हुन्छ ।
४. कुनै संर्घषपछिको प्राप्ती वा सामान्यभन्दा ठुलो पदमा पुगेपछि मानिसमा अहंकार आउन सक्छ । उ आफूलाई सबैले मानुन् भन्दै आफू को हुँ भनेर हिड्न थाल्दछ । तर मानिसको पछाडी तपाईंको मापन गर्ने सयौं हुन्छन् । तसर्थ आफ्नो पद वा क्षमताको बारेमा सबैलाई भन्नु भन्दा समय आउँदा प्रर्दशन गर्नेगरी गोप्य राख्नु पर्दछ । तर यसको मतलब तपाईंको कला, सिर्जना वा रचना लुकाउनु होस् भन्ने चाहिँ होइन ।
Comments are closed.