चैत ५, काठमाडौँ महानगरपालिकाले सडकमा अव्यवस्थित रुपमा छरिएर रहेका ५२ गाडी तारको व्यवस्थापन गरेको छ । कामपाले गत मंसिरको पहिलो सातादेखि तार व्यवस्थापनको कार्य शुरु गरेको हो ।
सोमबार मात्रै ३ गाडी तार व्यवस्थापन गरेको कामपाका नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए । बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक र त्रिचन्द्र कलेज आसपासबाट ती तार संकलन गरिएको थापाको भनाइ छ ।
त्यसैगरी, कामपाले सोमबार नै सडकमा रहेको ९ गाडी धुलोको पनि व्यवस्थापन गरेको छ । शुरुको अहिलेसम्मदेखि हालसम्म एक हजार १ सय ९५ टन धुलो संकलन गरिसकेको छ । संकलित तारमा सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोन हुन् । ती तार तत्कालका लागि टेकुमा राखिएको छ ।
धुलो संकलन गर्ने, जथाभावी फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा अन्य निकायले काटेका तारको व्यवस्थापन गर्ने काम कामपाले नियमित रुपमा गर्दै आएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.