Nepal's First Video FM

चर्चित गायिका शान्ति श्री परियार अकस्मात बिरामी ,फेसबुकमा लेखिन – निको भएर फेरी काममा फर्कने छु

279

काठमाडौँ, लोकप्रिय गायिका शान्ति श्री परियार बिरामी परेकी छिन।उच्च ज्वरो र रुघाखोकी लागेर उनि केहि दिन देखि घरमै आराम गरिरहेकी छिन।आफैलाई कोरोनाको संका लागेपछि अस्पताल सम्म पुगेकी उनि कोरोना न रहेको बताउदै आफु लगातार बिरामी रहेको खुलाएकी छिन।

झन्डै ५ दिन देखि उनि लगातार स्वास्थ्यमा समस्या आएपछि स्टुडियोमा गीत समेत गाउन सकेकी छैनन्।कोरोना नेगेटिभ देखिएको र ब्लड रिपोर्ट पनि सामान्य रहेको भएपनि भाइरल ज्वरो हुन सक्ने अनुमान समेत गरेकी छिन।फेसबुकमा लेख्दै शान्ति श्रीले भनेकी छिन’बिगत ५ दिन देखि स्वास्थमा समस्या आएको छ्।

COVID पनि टेस्ट गराएं रिपोर्ट negative नै छ।blood टेस्टका सम्पुर्ण रिपोर्ट हरु सामान्य नै छन्। तर जोरोले भने निक्कै गार्हो भएको करण, मैले कसैको फोन र sms को रेस्पोन्स गर्न न सकेको कुरामा क्षमा प्राथी छु। स्वास्थ्य अबस्था सामान्य भए पछि सबैको काम गर्ने छु🙏🏿 (जो जस सङ्ग सम्बन्धित छ)।

यो समयमा उनले आवाज दिएको गीतहरु अत्याधिक सुन्न सकिन्छ दोहोरी क्षेत्रमा।उनि एक क्रियासिल गायिका हुन्।सुमधुर आवाज भएकी परियारको माग बढे संगै उनि आफुलाई व्यस्त गायिकाको रुपमा चिनाउन सफल भएकी छिन।उनको सफलता देखेर आम नेपाली चकित हुन्छन।बोल माया देखि गलबन्दी हुदै चौका दाउ सम्म पुग्दा सबैजसो गीतहरु सफल छन।

पछिल्लो समय कुरा बुझ्न परच एकाएक हिट भए संगै झन् उनलाई खोजि गर्ने र गीत गाउन दिनेको घुइचोनै लाग्न थालेको छ।उनी दोहोरी मिठो गाउन सक्ने गायिका हुन् भने अन्य गीतमा पनि उनको निरन्तरता छ।बिरामी रहेकी शान्ति श्री परियारलाई स्वास्थ्य लाभको कामना गर्दछौ लालीगुराँस डटकम परिवार।

You might also like

Comments are closed.