Nepal's First Video FM

यी सर्वसाधारणमाथिको अमानवीय व्यवहारको विरोधमा हैटीका लागि अमेरिकी राजदूतले दिए राजीनामा

186

एजेन्सी, हैटीका लागि अमेरिकाका विशेष राजदूतले हैटीमा आप्रवासी र शरणार्थीमाथि अमेरिकाले गरेको अमानवीय व्यवहारको विरोधमा राजीनामा दिएका छन् ।

अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ डेनियल फुटेले एक पत्रमार्फत सो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘भूकम्प र राजनीतिक अस्थिरतासँग जुझिरहेका मानिसलाई फिर्ता पठाउने निर्णय अमानवीय थियो ।’

गत साता टेक्ससको सीमावर्ती सहरबाट अमेरिका जानका लागि १३ हजार मानिस भेला भएका थिए । ३७ डिग्री तापक्रममा उनीहरु एक क्याम्पमा बसेका थिए । अधिकारीहरुले उनीहरुलाई खाना र पानी उपलब्ध गराउन पनि समस्या भएको थियो ।

मेक्सिकोको सीमा क्षेत्रबाट अमेरिकाले १ हजार ४ सय बढीलाई हैटी फर्काइसकेको छ । राजदूत फुटेले हैटी एक कमजोर देश बनेको भन्दै हजारौं मानिसलाई फिर्ता पठाइएपनि उनीहरु त्यो भार उसले धान्न नसक्ने बताए ।

त्यहाँ अहिले नै भोकमरीको अवस्था रहेको भन्दै हैटीका आप्रवासीलाई फिर्ता नगर्न आग्रह गरेका हुन् ।

ह्वाइट हाउसका प्रवक्ता जोन साकीले भने विशेष दूत फुटेसँग आफ्नो कार्यकालमा आप्रवासनबारे जानकारी गराउने पर्याप्त समय भएपनि त्यसो नगरेको बताए । उनले घोडामा रहेका अमेरिकी अधिकारीले आप्रवासीलाई लखेटिरहेको

तस्बिरबारे पनि टिप्पणी गरेका छन् । उनले भने, ‘घोडा चढेका अमेरिकी अधिकारीले आप्रवासी भगाएको तस्बिर निकै दर्दनाक छ । अब यस क्षेत्रमा घोडाको प्रयोग हुँदैन ।’
यसै साताको सुरुमा एएफपीका एक फोटोग्राफरले लिएको तस्बिरले संसारभरी चर्चा पाएको छ ।
यो तस्बिरको चर्चा गुलामी र अश्वेत मानिसमाथि भएको दुव्र्यवहारसँग तुलना गरिएको छ । यो तस्बिरका कारण बाइडेन प्रशासनमाथि दबाब बढेको छ ।

You might also like

Comments are closed.