Nepal's First Video FM

लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र मोडल रन्जिता गुरुङ – बर्षौंपछि एकै गीतमा,यस्तो बन्यो भिडियो

222

काठमाडौँ, भावना ईन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ गीत चट्ट माया को भिडिओ सार्वजनिक भएको छ ।लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका समीक्षा अधिकारीको स्वर रहेको सो गीतको भिडिओ शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेकी भावना पराजुली (बस्ताकोटी) र कल्पना लम्सालले शब्द लेखेको उक्त गीतमा अष्ट्रेलियामै रहेका गोविन्द भण्डारीले सङ्गीत भरेका हुन् । भिडिओ सार्वजनिक कार्यक्रममा निर्देशक प्रेम थापाको सभापतित्व रहेको थियो भने चर्चित सङ्गीतकार एवं धुन सम्राट बिबि अनुरागीको प्रमुख आतिथ्यता रहेको थियो ।

गीतको विमोचन गर्दै गीतकार अनुरागीले चट्ट माया को शब्द र भिडिओ पनि उत्कृष्ट रहेको कुरा प्रतिक्रिया दिएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी चन्द्रमणि गौतमले गरेका थिए भने मिडिया संयोजकको रुपमा प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेका थिए ।

त्यसैगरी कार्यक्रममा सहभागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव शिव हमालले उक्त गीतको प्रशंसा गर्दै पछिल्लो समय केही कलाकारहरुले आफ्नो गीतबाट कसरी डलर झार्न सकिन्छ भन्दै नेपाली मौलिक लोक संस्कृतिलाई धमिल्याएको कुरा ब्यक्त गरेका थिए । गायक कुलेन्द्र विश्वकर्माले विदेशी भूमिबाटै गीत सिर्जना गरेर आफूलाई गीत गाउने अवसर दिएकोमा रचनाकारलाई धन्यवाद दिएका थिए ।

उक्त गीतका सङ्गीतकार गोविन्द भण्डारीले आफूहरु विदेशमा रहेपनि नेपाली पहिचान र गीत सङ्गीतलाई निरन्तरता दिनेतर्फ लागेको बताए । साथै उनले यसभन्दा अगाडि पनि केही गीत बजारमा ल्याइसकेको जानकारी दिए । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा कृष्ण बिकले सङ्गीत संयोजन गरेका हुन् ।

त्यस्तै भिडिओमा गायक कुलेन्द्र विश्वकर्मा र मोडल रञ्जिता गुरुङले अभिनय गरेका छन् । प्रेम थापाले निर्देशन गरेको सो भिडिओ करण चैशिरले छायाङ्कन गरेका हुन् भने नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । भावना इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत उक्त गीतको भिडिओ सार्वजनिक गरिएको

You might also like

Comments are closed.