काठमाडौँ, गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वर रहेको ‘भन साइँला’ बोलको गीतलाई स्रोता एवं दर्शकले रुचाएका छन् ।
वैदेशिक रोजगारीको कथामा विरही भाकामा सार्वजनिक गीतको भिडियो अहिलेपनि युट्युबमा म्युजिकतर्फ १ नम्बर ट्रेन्डिङमा छ । एउटा गीतले राम्रो प्रतिक्रिया पाई रहदा गायक रमेशराज भट्टराई र गायिका रचना रिमालले फेरी दर्शकलाई अर्को नयाँ गीत दर्शाएको छन् ।
यो गीतले चर्चा पाइरहँदा रमेशराज र रचनाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दैै ‘तिम्रै निम्ती हो’ बोलको गीत सार्वजनिक गरिएको हो । निशा शर्मा अर्यालको शब्द रहेको गीतमा रमेशराजले नै संगीत भरेका हुन् । डान्सिङ बिटको गीतको भिडियोमा सागर लम्साल (बले) र गरिमा शर्माको नृत्य छ ।
बिक्रम चौहानको कोरियोग्राफी एवं निर्देशनमा अजय रेग्मी र उनको टिमले छायाँकन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै रमेशराजले आफ्नो फरक गीतमध्येको यो पनि एक रहेको बताए । कार्यक्रममा गायिका रचनासँगै कलाकार सागर र गरिमाले पनि आफ्नो भनाई राखेका थिए ।
गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै पैतालिस हजार भन्दा बढि दर्शकले हेरि सकेका छन् ।यो गीतलाई दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका छन् साथै गीतको भिडियो पनि राम्रो छ ।
Comments are closed.