काठमाडौँ, आइसल्यान्डको आम निर्वाचनमा बहुमत सदस्य महिला सांसद चुनिएका छन् । संसदमा महिलाको बहुमत हुने आइसल्यान्ड अब पहिलो देश बनेको छ ।
आइसल्यान्डको आम निर्वाचनमा बहुमत सदस्य महिला सांसद चुनिएका छन् । संसदमा महिलाको बहुमत हुने आइसल्यान्ड अब पहिलो देश बनेको छ ।
आइसल्यान्डमा भएको निर्वाचनको अन्तिम परिणामअनुसार संसदको ६३ सिटमा ३३ जना अर्थात् ५२ प्रतिशत महिला निर्वाचित भएका हुन् ।
यो सन् २०१७ को भन्दा त्यहाँ सात सिटले बढी महिला निर्वाचित भएको रेकर्ड पनि हो ।
अहिलेसम्म युरोपेली देशमा स्वीडेनमा ४७ प्रतिशत सांसद महिला निर्वाचित भएका थिए । आइसल्यान्डमा महिलाको पक्षमा कुनै पनि आरक्षण छैन । त्यसैले पनि आइसल्यान्डको यो निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।
यसअघि रुवान्डा, क्यूबा, निकारागुआ, मेक्सिको तथा युएईमा पनि कम्तिमा ५० प्रतिशत महिला सांसद निर्वाचित भएका थिए ।
Comments are closed.