काठमाडौँ– बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ।
आठ वर्ष बितिसक्दा पनि आयोजनाको काम सम्पन्न नभएको भन्दै आयोजना प्रभावितहरुले एक सातादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन्।
मोडालिटी तयार गरेर आयोजनाको काम तत्काल थाल्नुपर्ने उनीहरुको माग छ।
आयोजनाको काममा भइरहेको राजनीति बन्द हुनुपर्ने, आयोजना प्रभावितहरुलाई तत्काल मुआब्जा दिनुपर्ने, प्रभावितहरुको पुनर्वास र पुनर्स्थापनाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग गर्दै उनीहरुले एक हप्तादेखि लगातार दबाबमूलक कार्यक्रम गर्दै आइरहेका छन्।
Comments are closed.