काठमाडौँ, लोकप्रिय गायिका पूर्णकला बिसीको आमा अस्पताल भर्ना भएकी छिन।केहि दिन देखि अस्वस्थ भएकै कारण उनको आमा अस्पतालामा भर्ना भएकी हुन्।पूर्णकलाको आमा बर्दियामा बस्नु हुन्थ्यो।लगातार स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि राजधानी ल्याइएको गायिका पूर्णकला बिसीले लालीगुराँस डटकमलाइ जानकारी दिएकी छिन।
अस्पताल श्रोतका अनुसार पूर्णकलाको आमालाई पित्ता थैलीमा पत्थरी भएको र अहिले उपचार गरिरहेको बताईएको छ।चिरायु अस्पतालमा उपचार गरिरहेको र थोरै कम भए ६ हप्ता पछि मात्रै अप्रेसन गर्ने डाक्टरले बताएका छन।शरीरमा रोगले आक्रमण गरिसकेको र उक्त रोगलाई निको पार्नको लागि अप्रेसननै गर्न पर्ने बताईएको छ।
केहि समय अगडी गायिका पूर्णकला बिसी पनि बिरामी रहेकी थिइन।उनि बिरामी रहदा पनि सोहि समस्या आएपछि अप्रेसन गरिएको हो।पत्थरीको सफल सल्यक्रिया पछि उनि अहिले स्वस्थ छिन भने भाई समेत् यही बेला अस्वस्थ रहेको उनको भनाइ छ।आमाको उपचारको लागि बिसी आफै अस्पतालमा बस्दै आएको लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।
यो पनि पढ्नुहोस (पूर्णकला बिसीको बिषयमा संग्रहित केहि समय अगाडिको समाचार)
लोकप्रिय लोकदोहोरी गायिका पूर्णकला बिसी अस्पतालबाट घर फर्किएकी छिन।पारिवारिक श्रोतका अनुसार उनको पित्ता थैलीमा समस्या देखिएपछि अप्रेशन गरिएको हो।सबैको मन जितेकी गायिका बिसीलाई यो समस्या देखिएपछि परिवार चिन्तित थियो।उनको सफल सल्यक्रिया भएको पूर्णकलाका श्रीमानले लालीगुराँस डटकमलाइ जानकारी दिएका हुन्। ग्रिन सिटि अस्पतालमा उनको उपचार भएर घर फर्काइएको हो।
केहि दिन अगाडी मात्रै उनले आवाज दिएको नया गीत सातै जुनी बजारमा छ भने अन्य गीतमा पनि उनि निरन्तर आवाज दिदै आएकी थिइन।अस्पतालले २ हप्ता अझै आराम गर्न बिसीलाई सुझाब दिईएको पारिवारिक श्रोतले जानकारी दिएको हो।
पित्ता थैलीको सफल सल्यक्रिया संगै उनि अहिले घरमै आराम गरिरहेकी छिन।उनलाई भेट्न पुगेकी लोक गायिका टिका पुनले पनि चिन्ता व्यक्त गरेकी छिन। दोहोरी गीतमा पूर्णकला बिसिको निकै ठुलो योगदान छ।उनि हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा पनि बिशेष पदमा रहेकी छिन भने अन्य बिभिन्न संघ सस्थामा पनि संलग्न छिन।
केहि दिनमै रमाईलो टेलिभिजन मार्फत र आलाप स्टुडियो मार्फत प्रशारणमा आउन लागेको कार्यक्रम आलाप दोहोरी प्रतियोगितामा पनि उनि कार्यक्रम प्रस्तोताको रुपमा रहेकी छिन।पूर्णकलालाइ छिट्टै निको होस् स्वास्थ्य लाभको कामना गर्दछ लालीगुराँस डटकम परिवार ।
Comments are closed.