Nepal's First Video FM

किरण गजमेरले के अब कहिल्यै नेपाल छिर्न नपाउने हुन्?किन पाएनन् नेपालमा प्रवेश?पढ्नुहोस

185

काठमाडौँ, ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।

यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो ।

किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए ।

किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए ।
श्रोतका अनुसार, किरण ‘द भ्वाइस अफ नेपाल’को विजेता बनेर अमेरिका प्रस्थान गर्दा ‘ओभर स्टे’ वापत जरिवाना समेत तिरेका थिए ।

तर, यसपटक नेपाल आउँदा उनले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किएका हुन् ।

किरणलाई सन् २०२१ मा नेपाल प्रवेश गर्न गाह्रो रहेको वुझिएको छ । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार, अध्यागमन विभागले अपडेट गरेपछि किरणलाई बोलाउने बताएको छ, तर यो बर्ष किरण नेपाल प्रवेश गर्न पाउने संभावना भने कम छ ।

किरण नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् । तर, १४ बर्ष अगाडि अमेरिकी सरकारले भुटानी शरणार्थीहरुलाई आफ्नो देश लैजाने क्रममा उनी अमेरिका पुगेका थिए ।

भुटानी शरणार्थी शिविरबाट उठेर किरणले गायन क्षेत्रमा आफ्नो नयाँ परिचय बनाइरहेका छन् । ‘द भ्वाइस अफ नेपाल ३’को विजेता बन्दै किरणले नेपाली सांगीतिक क्षेत्रलाई विदेशमा समेत चिनाउन ठूलो भूमिका खेलेका छन् ।

प्रतिकृया दिनुहोस्

You might also like

Comments are closed.