काठमाण्डाै जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ।
काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।
अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड-१९ को सङ्क्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि साङ्केतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।
सरकारलाई फेरि कोरोनादेखि डर लाग्न थालेछ । कोरोना बढ्ने संकेत पाएर हो या अर्को कुनै संकेत पाएर हो सरकारले सूचना जारी गरेर आज राति १२ बजेदेखि भीडभाड नगर्न, मेला र महोत्सवको आयोजना नगर्न र जात्रा तिर नलाग्न सूचना नै जारी गरेको छ ।
देश चाडबाडको रौनकमा पसिसकेको छ । प्रमुख राजनीतिक दलहरु आआफ्नो दल भित्रको महाधिवेशनलगायत बिभिन्न उत्सवको उमंगमा रमिरहेका छन् ।
काठमाडौं उपत्यकासहित देशभरका मठ मन्दिर देवालय शिवालय, गुम्बा, मस्जिद र चर्चहरु भर्खर खुल्न थालेका छन् । यही बेला जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै आज रातिदेखि सबै गतिविधिमा नियन्त्रण गर्र्ने जनाउ दिएको छ ।
प्रश्न यहाँनेर छ सिडिओ साहब । आजदेखि काठमाडौंमा सुरु भएको सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन के हुन्छ अब रु प्रज्ञा भवनमा ८ सय ९९ जना प्रतिनिधिसहित १३ सय बढी सहभागी भएको यो सम्मेलनमा सिडिओ साब तपाईद्धारा जारी आदेश लागू हुन्छ कि हुँदैन ?
Comments are closed.