Nepal's First Video FM

कांग्रेस जिल्ला नेतृत्व चयनमा मनाङ पहिलो

162

नेपाली कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ चयन भएका छन् । १४ औँ महाधिवेशनअन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनले गुरूङलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । जारी महाधिवेशनमा जिल्ला नेतृत्व चयनमा मनाङ पहिलाे जिल्ला बनेकाे छ । गुरुङ कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । उनी कांग्रेस विभाजित हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको पनि जिल्ला सभापति भएका थिए ।

उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् । सचिवमा सुरेन्द्र गुरुङ र महेन्द्र घले छानिएका छन् । कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भए । सहसचिवमा काशिराम गुरुङ र सागर गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।

You might also like

Comments are closed.