Nepal's First Video FM

कल्पना दाहाल र प्रदिप रोकाले अन्तत जिते काठे लोकदोहोरी अवार्ड यसरी साटे खुसी !

279

काठमाडौँ, प्रथम राष्ट्रिय काठे लोक दोहोरी अवार्ड २०७८ मा लाइभ दोहोरि गायक बिधामा प्रदिप रोक्का र कल्पना दाहाल एकसाथ विजयी भएका छन् ।काँठे गीतले एउटा छुटै मौलिक विशेषता बोकेको हुन्छ । यसका विशेषता र मौलिकतालाई जति वणर्न गरे पनि अपुरो,अधुरै रहन्छ ।

यस्ता मौलिक गीतलाई न्याय दिएर गाउने कलाकार हुन प्रदिप रोक्का र कल्पना दाहाल सायद यसै कारण पनि उनीहरुलाई दर्शकले जिताउन सफल भए।
दोहोरी च्याम्पियनबाट बाहिरिए पनि उनीहरु दुबैले राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड -२०७८ मा बिजयी भएका छन् ।

सबैले कल्पना र प्रदिपको जोडीलाई शुभकामना दिएका छन,दुबौले न्याय दिएर गाएको दोहोरीहरुले नेपालीहरुको मन जितेको हो,अर्को रोचक कुरा के पनि छ भने कल्पना र प्रदिपलाइ दोहोरी च्याम्पियनमा पराजित गर्ने टिम भने एता पराजित भएका छन।

प्रथम राष्ट्रिय काठे लोक दोहोरी अवार्ड २०७८को अवार्ड कार्यक्रम सम्पन्न भएको छ।मनोरञ्जनघरको प्रस्तुतिमा सुनाखरी मल्टीमिडियाले आयोजना गरेको उक्त अवार्ड कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ।पुर्व प्रधानमन्त्री तथा नेकपा मावोबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यतामा सम्पन्न भएको अवार्ड कार्यक्रममा २६ विधाका कलाकारलाई अवार्ड हस्तान्तरण गरको हो।

कार्यक्रम आयोजकका अध्यक्ष तथा सुनाखरी मल्टीमिडियाका संचालक माधब थापाका अनुसार उक्त अवार्ड आफुले सोचे भन्दा भब्य रहेको र निरन्तर अवार्डको आगामी यात्रालाई पनि थप मजबुद बनाएर अगाडी बढ्ने बताएका छन।अवार्डमा रोचक कुरा के रहयो भने नेपाली इतिहासमा पहिलोपटक भोट सार्बजनिक समेत भयो।डिजिटल प्रविधिबाट भोट सार्बजनिक गरिएको थियो।

लाइफ टाइम अचिप्मेन्ट अवार्ड बाट बरिष्ठ कलाकार जयनन्द लामालाइ सम्मान गरिएको थियो।प्रमुख अतिथि प्रचण्डको हातबाट लामालाई सम्मान गर्दै प्रचण्डले भने ‘जयनन्द लामा जस्तै कलाकार बन्ने सपना थियो पछि नेता बन्न लागियो आफैलाई अहिले बिस्मात लाग्छ’ सोहि समारोहमा प्रचण्डले बोल्दै भने ‘पहिलोपटक धेरै कलाकार र पत्रकारलाई एकै ठाउँमा देख्न पाइयो गीत संगीत रुचाउने मान्छे भएको भएर होला म आफै अरु कार्यक्रम समेत छाडेर यो कार्यक्रममा बसिरहे निकै उत्साहित छु’।

कार्यक्रममा काठ क्षेत्रका लोकप्रिय कलाकारहरुको उपस्थिति रहेको थियो।आयोजक टिमका अध्यक्ष थापाले कार्यक्रममा बोल्दै भन्नु भयो ‘अवार्ड आफैमा सम्मानित बिषय हो जो टप ५ मा पर्नुनै सम्मानित हुनु हो त्यसैले अवार्ड न पाउदैमा अयोग्य महसुस पक्कै नगर्नुहोला,हामीले जुरी र भोटको आधारमा तपाईहरुको नतिजा सार्बजनिक गरेका हौ।’

अवार्ड प्राप्त गर्ने २६ विधाका कलाकारहरुको नामावली
उत्कृष्ट शब्द सर्जक:राजेन्द्र भण्डारी,उत्कृष्ट मोडल पुरुष:सन्जिब ठकुरी,उत्कृष्ट मोडल महिला:अनु पराजुली,नव मोडल पुरुष:भुवन चौलागाईं,नव मोडल महिला:सिम्रण दुलाल,उत्कृष्ट भिडियो निर्देशक :मिलन श्रेष्ठ,उत्कृष्ट छायांकन:बिनिप छेत्री,उत्कृष्ट लाइभ दोहोरी गायक:प्रदिप रोका,उत्कृष्ट लाइभ दोहोरी गायिका:कल्पना दाहाल,उकृष्ट एरेन्जर:बिष्णु तामाङ,उकृष्ट बाध्यबदक(सुर):सुर्य पुर्बछाने मगर,उकृष्ट(ताल):अर्जुन पोख्रेल,उकृष्ट नृत्य निर्देशक:गोपाल थापा,उकृष्ट भिडियो:सरोज लामिछाने,उकृष्ट रेकर्डिष्ट:कुमार सानु पुन,उकृष्ट चेतनामुलक गीत:घमेस दुलाल,उकृष्ट भिडियो सम्पादन:बिनोद बम,उत्कृष्ट गायक:राम कुमार नेपाली ,उकृष्ट गायिका :स्मृति गौतम,उत्कृष्ट लय:मदन कुमार थापा ,उकृष्ट मौलिक गीत :पदम दुलाल ,उकृष्ट नव गायक :उकृष्ट जय राम खड्का ,उकृष्ट नव गायिका सुनिता दुलाल संजेल,जुरी अवार्ड:मन्जु गौतम ,पब्लिक चोइस अवार्ड :राजाराम कोइराला,इन्करेजमेन्ट अवार्ड:सम्भु नेपाल लगाएतका कलाकार सम्मानित।

सम्मानित हुनेहरुको नामावली
लाइफ टाइम अचिप्मेन्ट अवार्ड बाट बरिष्ठ कलाकार जयनन्द लामा,दशकका पत्रकार सम्मान बरिष्ठ पत्रकार ऋषि धमला र कृष्ण कंडेल, रेडियो लोक पत्रकारिता सम्मान :चन्द्रमणि गौतम ,छापा पत्रकारिता सम्मान:डब्बु छेत्री,अनलाइन लोक पत्रकारिता सम्मान:कमल चौलागाई सरगम,दशकका गायिका सम्मान:गीता देबी,पार्वती कार्की,दशकका गायक सम्मानमा:भोजराज काफ्ले,गोकुल रावत,तामाङ् लोक सम्राट:श्री चन्द्र कुमार मोक्तान,सास्कृतिक धरोहर सम्मानमा बरिष्ठ गायक सिब नारायण जोशी लगाएतका कलाकार सम्मानित।

You might also like

Comments are closed.