काठमाडौँ, लोकप्रिय लोक गायिका पूर्णकला बिसी र उनकी आमा एकसाथ मिडियामा आएका छन।पहिलोपटक मिडियामा देखिएका यी आमा छोरीको कहानी आज भने अलिकति घतलाग्दोनै छ।
सानै देखि गीत गाउने पूर्णकलालाइ यो स्थानमा पुग्न आमा बाको निकै ठुलो हात रहेछ सायद यसैकारण पनि हुन सक्छ पूर्णकला आफैले आमाको उपचार गरिरहेकी छिन।
पुर्नाकलाको आमाको अनुसार उनि २ पटक सम्म प्रण त्यागेर यो संसार छाडेकी रहिछन भगवानको कृपाले उनि कालबाट बचेकी र फेरी यो संसार देखेको बताउछिन भने बिसी मुटु रोगले जन्मेको ७ बर्षकै उमेर देखि बिरामी रहिछन।उनले बाचुन्जेल इन्जेक्सन लगाउन पर्ने समेत खुलेको छ।
पूर्णकलाको ५ दिदि बहिनी पछि एक छोरा जन्मिएको रहेछ त्यस अगाडी पूर्णकला बिसीकी आमाले छोरी मात्रै जन्मायो भनेर गाउँलेहरुले अलक्षिनी भन्दै हेप्ने गर्दथे रे अहिले भने उनीहरुलाई शिर ठाडो पारेर हिड्न समेत लाज लाग्ने अमलेबताएकी हुन्।
लोकप्रिय गायिका पूर्णकला बिसीको आमा अस्पताल भर्ना भएकी छिन।केहि दिन देखि अस्वस्थ भएकै कारण उनको आमा अस्पतालामा भर्ना भएकी हुन्।पूर्णकलाको आमा बर्दियामा बस्नु हुन्थ्यो।लगातार स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि राजधानी ल्याइएको गायिका पूर्णकला बिसीले लालीगुराँस डटकमलाइ जानकारी दिएकी छिन।
अस्पताल श्रोतका अनुसार पूर्णकलाको आमालाई पित्ता थैलीमा पत्थरी भएको र अहिले उपचार गरिरहेको बताईएको छ।चिरायु अस्पतालमा उपचार गरिरहेको र थोरै कम भए ६ हप्ता पछि मात्रै अप्रेसन गर्ने डाक्टरले बताएका छन।शरीरमा रोगले आक्रमण गरिसकेको र उक्त रोगलाई निको पार्नको लागि अप्रेसननै गर्न पर्ने बताईएको छ।
केहि समय अगडी गायिका पूर्णकला बिसी पनि बिरामी रहेकी थिइन।उनि बिरामी रहदा पनि सोहि समस्या आएपछि अप्रेसन गरिएको हो।पत्थरीको सफल सल्यक्रिया पछि उनि अहिले स्वस्थ छिन भने भाई समेत् यही बेला अस्वस्थ रहेको उनको भनाइ छ।आमाको उपचारको लागि बिसी आफै अस्पतालमा बस्दै आएको लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।
Comments are closed.