काठमाडौँ , दशैँ लागे संगै थुप्रै नयाँ नयाँ गीत सार्बजनिक भई रहेका छन् । लोकदोहोरी क्षेत्रमा फरक स्वाद दिने गायक तथा मोडल प्रकाश सपूत र नायिका आँचल शर्माले अभिनय गरेको नयाँ गीत बजारमा सार्बजनिक भएको छ ।
शुक्रबार बजारमा आएको उक्त गीतले धेरै माया पाएको छ। गायक लोक पौडेल र गायिका मेलिना राई फेरि एकसाथ नयाँ म्युजिक भिडियो ‘बेरुवाको औँठी’ लिएर आएका छन्। सोचे भन्दा बढि दर्शकले गीत हेरेका छन् ।
गीतमा चर्चित संगीतकार दीपक शर्माको शब्द, संगीत रहेको छ l नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा गायक प्रकाश सपुत र नायिका आँचल शर्मा फिचर्ड छन् ।
गीतमा बिबाहको माहोल दर्शाइएको छ । गीतको भिडियो भने असाधै रौनकमय बनेको छ भने सबैको उत्कृस्ट प्रस्तुति देख्न सकिन्छ ।
आँचल शर्मा र प्रकाश सपुत सहित रुजु शर्मा र अनिल आचार्यको समेत भिडियोमा अभिनय रहेको छ। भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो।
गीतको भिडियो भने मीरा मोशन पिक्चरले सार्बजनिक गरेको हो ।
पुरा भिडियो हेर्नुहोस :
Comments are closed.