Nepal's First Video FM

गृह मन्त्रालयद्वारा चाडपर्व लक्षित अनुगमन टोली गठन

221

गृह मन्त्रालयले ठूला चाडपर्व लक्षित सुरक्षा, खाद्य पदार्थको आपूर्ति तथा बजार व्यवस्थापन र यातायात व्यवस्थापनका सम्बन्धमा देशभरि नै अनुगमन भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै चाडपर्व नजिकिँदै गएकाले सुरक्षा, आपूर्ति तथा बजार व्यवस्थापन, यातायात व्यवस्थापनलगायतका सेवाहरू सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, यातायात व्यवस्था विभाग, सुरक्षा निकायहरू तथा संघ, प्रदेश र स्थानीय तहका अन्य नियमनकारी निकायबाट अनुगमन भइरहेको जनाएका हुन् ।

उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ तथा उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम १८ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन भई सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले संयुक्त बजार अनुगमन गरिरहेको छ ।

You might also like

Comments are closed.