Nepal's First Video FM

पशुपतिनाथ पुगेर बलिउड कलाकार अनुपम खेर भन्नछन् – पशुपतिनाथको मन्दिरमा पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु

228

काठमाडौं । बलिउडका कलाकार अनुपम खेरले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् ।

चलचित्र ‘उचाई’को छायांकनका लागि नेपाल आएका हुन् । पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गरेका छन् ।

उनले भिडियो पोष्ट गर्दै भनेका छन्, ‘पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ पहिले यस्ता मन्दिरहरुको स्थापना भएको छ । यो देखेर आनन्द महशुश हुन्छ ।’

यो चलचित्रको छायांकनका लागि अनुपमको साथमा बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकार ४० दिनको सेड्यूल लिएर नेपाल आएका छन् ।

उनले सबै मानिसको स्वस्थ जीवनका लागि पशुपतिनाथमा पुजा गरेको भिडियोमा उल्लेख गरेका छन् ।

You might also like

Comments are closed.