काठमाडौँ, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित तेस्रो म्युजिक भिडियो ‘माया पिरिम’ सार्वजनिक भएको छ।
ट्रि इन्टरटेनमेन्टको प्रस्तुतिमा बनको भिडियोमा साम्राज्ञीसँग मोडल तथा डान्सर अलिशा शर्मा, देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फे देखिएका छन्।
यो गीतलाई विश्व नेपाली र अस्मिता परियारले गाएका हुन्। डिपी खनालको संगीतमा बनेको यो गीतमा शंकर स्माइलको संगीत रहेको छ। गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन्।
माइकल चन्दले निर्देशन गरेको भिडियो अहिलेसम्मकै सबैभन्दा महंगो भिडियो निर्माण भएको निर्माताले दावी गरेका छन्। यो गीतका निर्माता दिनेश दर्शनधारी र यशोदा राई छन्। निर्माताले आफ्ना छोराहरुलाई यही गीतमार्फत मोडलिङमा डेब्यू गराएका छन्।
साम्राज्ञी राज्यलक्ष्मी शाहको भने यो तेस्रो म्युजिक भिडियो हो। यसभन्दा अगाडि उनले नट्टु शाहको गीत र आमा नेहा राज्य लक्ष्मी शाहको गीतमा अभिनय गरेकी थिइन्।
Comments are closed.