Nepal's First Video FM

भारत बाहिरियो टी-२० विश्वकपबाट, न्युजिल्यान्ड सेमिफाइनलमा

42

काठमाडौँ, युएईमा जारी टी-२० विश्वकपमा सेमिफाइनल समिकरण पूरा भएको छ। आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको छ।

आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले १२४ रन जोड्न सफल भयो। अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।

जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ११ बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य भेटायो। न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४१ रन र डेभोन कोनवेले ३५ रन बनाए।

न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल पुग्ने सपना चक्नाचुर भएको छ। भारत समूह चरणबाटै बाहिरिएको छ।

पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

You might also like

Comments are closed.