Nepal's First Video FM

चर्चित गायिका द भ्वाइस किड्स’की कोच प्रविशाको इन्गेजमेन्ट, कति गते हुँदैछ बिहे

49

काठमाडौं, गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले हिजो इन्गेजमेन्ट गरेकी छिन् । उनले, आफ्ना प्रेमी निर्माण सिटौलासँग आज टिकाटालो गरेकी हुन् । प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो । प्रविशा र निर्माणको बिहे मंसिर ५ गते हुँदैछ । यसका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी छिन् । निर्माण झापा चारापानेका हुन् । तर, उनी लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् ।

प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले नै अगाडि बढाएको हो । तर, बिहेको कुरा अगाडि बढेपछि प्रविशा र निर्माणको कुराकानी सुरु भएको थियो । कुराकानीका क्रममा उनीहरुले एक अर्कालाई मन पराएका हुन् ।

बिहेकै लागि निर्माण केही समय अगाडि मात्र नेपाल आएका थिए । मंसिर ५ गते प्रविशाले आफ्ना परिवार र आफन्तलाई साक्षी राखेर निर्माणसँगै बैबाहिक जीवन सुरु गर्ने तयारी गरेकी छिन् ।
प्रविशा ‘द भ्वाइस किड्स’को कोच बनेपछि चर्चामा छन् । उनले गाएका दर्जन बढी गीतले पनि दर्शकको मन जितिसकेका छन् ।

यो पनि पढ्नुहोस्

भारतमा ७ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा थप ९२ संक्रमितको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतकको संख्या ४ लाख ६४ हजार ७१५ पुगेको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ३५ हजार ६७० मा झरेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ८५ हजार ५१७ जनामध्ये ३ करोड ३८ लाख ८५ हजार १३२ जना निको भइसकेका छन् ।

You might also like

Comments are closed.