Nepal's First Video FM

चर्चित गायिका प्रविशा अधिकारी निर्माण सिटौलाको दुलही बनिन्, यस्तो देखिईन !

262

काठमाडौँ, गायिका प्रविशा अधिकारीले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी छन्। प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भइरहेको छ।

वैवाहिक समारोहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको छ।

‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी उनले आफ्ना प्रेमी निर्माण सिटौलासँग गत बिहिबार टिकाटालो गरेकी थिइन्।

प्रविशासँग विवाह गर्नकै लागि निर्माण केही समय अगाडि नेपाल आएका हुन्।

प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।

You might also like

Comments are closed.