Nepal's First Video FM

व्यापक बिरोध , आलोचना पछि पतञ्जली नेपालको स्पष्टिकरण : प्रधानमन्त्रीले भवन उद्घाटन गर्नुभएको हो, अनुमति लिएर मात्रै टीभी चलाउँछाैँ

38

काठमाण्डाै, सबै तिर व्यापक बिरोध , आलोचना पछि पतञ्जली योगपीठले आस्था नेपाल र पतञ्जली टेलिभिजन च्यानल दर्ताविना सञ्चालन नगरेको स्पष्ट पारेको छ ।

भारतीय याेगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली ग्रुपले नेपालमा दर्ताविना नै टीभी च्यानल सञ्चालन गर्न लागेको भन्ने आरोपबारे स्पष्ट पार्दै पतञ्जली योगपीठले टीभी प्रसारण नगरिएको र प्राविधिक तयारीको क्रममा मात्र रहेको जनाएको हो । प्रधानमन्त्रीको उपस्थितिमा टेलिभिजनको भवन मात्रै उद्घाटन गरिएकाे विज्ञप्तिमार्फत पलञ्जली योगपीठले जनाएको छ ।

सञ्चालक समितिको बैठकले टीभी सञ्चालनसम्बन्धी निर्णय गरी गएको असोज ८ गते कम्पनी रजिस्टारकाे कार्यालयबाट प्रमाणीकरण लिइएको योगपीठले जनाएको छ । सरकारको नीति, नियम र कानुनको अधिनमा रही नियमअनुसार अनुमति पाएपछि मात्र टीभी सञ्चालन हुने योगपीठले जनाएको छ ।

आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले भ्रामक सूचना प्रसार नगर्न आग्रह गरेको छ ।

You might also like

Comments are closed.