Nepal's First Video FM

कांग्रेसकाे आज ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

33

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन हुदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुन लागेको हो ।

एकल निर्वाचन क्षेत्र रहेका जिल्लाहरुमा भने जिल्ला अधिवेशन नै हुने छ । यस अधिवेशनबाट क्षेत्रीय नेतृत्व चयन हुने छ भने केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुने छन् ।

एक प्रतिनिधि सभा क्षेत्र बराबर २६ जना महाधिवेशन प्रतिनिधि छनौट हुने छन् । यसरी आउने महाधिवेशन प्रतिनिधिहरुबीच नै केन्द्रीय नेतृत्वका लागि प्रतिष्पर्धा हुने छ ।

You might also like

Comments are closed.