Nepal's First Video FM

आज थपिए ३८५ कोरोना संक्रमित, ४ जनाको निधन !

21

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८५ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ६९७ वटा नमुनाको परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेकोे छ ।

त्यस्तै, आज २५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या सातहजार २६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.