Nepal's First Video FM

महेश बस्नेत भन्नछन आउदो चुनावमा कांग्रेस ‘हाफ’, प्रचण्ड-माधव पत्तासाफ

30

काठमाडौं, नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताले आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

जनतालाई धोका दिएकाले निर्वाचन पछि कांग्रेस वर्तमान अवस्थाको भन्दा हाफ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टी पत्तासाफ हुने नेता बस्नेतको दाबी छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा आयोजना गरिएको विचार गोष्ठी तथा साइार सर्कल घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले पाँच दलीय गठबन्धनको सरकार जनादेशबाट नभई परमादेशबाट बनेको सरकार भएकाले देश र जनताको पक्षमा नभई दक्षिणपन्थीहरुको इसारामा चलिरहेको आरोप लगाए ।

कांग्रेसले मुलुक र जनताको मुद्धालाई त्यागी विदेशी तथा दलाल, भ्रष्ट, अवैध गठबन्धन गरी जनतालाई धोका दिएकाले निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए ।

एमाले तीन वटै तहको सरकारमा दुई तिहाई मतका साथ विजय हासिल गरि सिंहदरबार प्रवेश गरी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढ्ने उनले जनाए ।

You might also like

Comments are closed.