Nepal's First Video FM

यु-१९ विश्वकप: अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश

640

माघ १५ एजेन्सी । अष्ट्रेलिया आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

न्यूजील्याण्डको हग्ली ओभलमा भएको सेमिफाइनलमा १ सय ८२ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको अष्ट्रेलियाले ३७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

अष्ट्रेलियाको जितका लागि ज्याक इडवार्डले ७२ रनको योगदान दिए । त्यस्तै अष्ट्रेलियाका लागि परम उप्पलले नटआउट ३२ र कप्तान ज्यासन सांघाले २६ रन बनाएका थिए ।

अफगानिस्तानका लागि क्वाइस अहमदले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४८ ओभरमा सबै विकेट गुमाउदै १ सय ८१ रन मात्र बनाएको थियो ।

अफगानिस्तानका इक्रम अली खिलले उत्कृष्ट ब्याटिङ गर्दै ८० रनको योगदान दिएका थिए । उनले राम्रो ब्याटिङ गरेपनि अन्य खेलाडीले भने उच्च स्कोर बनाउन सकेनन् । अष्ट्रेलियाका लागि जोनाथन मेर्लोले ४ र ज्याक इभान्सले २ विकेट लिएका थिए ।

अष्ट्रेलियासँग पराजित भएसँगै इतिहासकै पहिलोपटक सेमिफाइनलसम्मको यात्रा तय गरेको अफगानिस्तानको फाइनल पुग्ने सपना सकिएको छ ।

अष्ट्रेलियाले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फेब्रुअरी ३ मा हुने दोस्रो सेमिफाइनल भारत र पाकिस्तानबीच हुँदैछ ।

You might also like

Comments are closed.