Nepal's First Video FM

यी पहिलो नेपाली जसले चन्द्रमामा ८० रोपनी जग्गा किने

647

चैत्र ३,काठमाडौं मखनका रमेशकुमार जोशी चन्दूमामा जग्गा किन्ने पहिलो नेपाली बनेका छन् । सानै देखि आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको उनि बताउछन् ।

अहिले उनले चन्द्रमाका ८० रोपनी बराबर जमिनको मालिक भएका छन्, भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ, तर वास्तविकतामा अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलिरहेको छ संसारमा । त्यसका एक सदस्य भएका छन् नेपाली नागरिक जोशी, जो अहिले चन्द्रमाका समेत नागरिक भएका छन् ।

१४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको “बे अफ रेन्बो” मा ‘१० एक्री’ जमिनका मालिक बनेर जग्गाधनी प्रमाण–पत्र समेत प्राप्त गरेका जोशीलाई त्यहाँसम्म पुग्न उनका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए ।

अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका भाञ्जाको सहयोगमा चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यतिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरुका लागि स्वतन्त्र परामर्शदाता मात्रै हुन् ।

त्यस मध्ये पृथ्वीबाट प्रष्ट देख्न सकिने ‘प्राइम लोकेशन’ मा रहेको ‘बे अफ रेन्बो’ मा बेचबिखनका लागि प्रयोग गरिएको शब्द अनुसार ‘१० एक्री’ नै किन्न प्रस्ताव गरिएपछि सोही अनुरुप आफूले पनि खरीद गरेको जोशी बताउछन्। जुन नेपाली मापन अनुसार ८० रोपनी बराबर हुन आउने उनको अनुमान छ ।

‘एक एक्री’ बराबर नेपाली मुद्रा ३ हजार मात्रै मूल्य पर्ने रहेछ चन्द्रमामा जमिनको । त्यति बराबरको रकम जर्मनीमा रहेका छोरा उज्जवल कुमार जोशीले आफ्नो क्रेडिट कार्डमार्फत् बुबाको नाममा बुझाएपछि ‘दि लुना रजिष्ट्री’ मार्फत् चन्द्रमाको नागरिक साथै जमिनका मालिक समेत बनेको प्रमाण–पत्र पाएका जोशीले हाललाई आफ्नो सानोबेलादेखिको सोख मात्रै पूरा भएको ठानेका छन् । tvannapurna

You might also like

Comments are closed.