प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्य मन्त्रीहरुलाई अकस्मात काठमाण्डौ किन बोलाए? खुल्यो रहस्य ! पढ्नुहोस्
चैत्र ६ , प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाउनु भएको छ ।
मुख्यमन्त्रीले कानून र स्रोत–साधन अभावमा काम गर्न नसकिएको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले प्रदेश सरकार सञ्चालनमा देखिएको अन्योल, सरकारका काम÷कारवाही र पूर्वाधार विकासबारे छलफल गर्न प्रमुख सचिवसहित उनीहरुलाई काठमाडौं बोलाउनु भएको हो ।
प्रधानमन्त्रीले उनीहरुसँग भोलि सामूहिक छलफल गर्न लाग्नुभएको हो । छलफलमा सबै प्रदेशका मुख्य न्यायाधीवक्ता पनि सहभागि हुने छन् । यता, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले नमूना कानुनको मस्यौदा बनाएर पठाउने र प्रदेशसभाबाट कानुन बनाउन सहजीकरण गर्ने तयारी भइरहेको जनाएको छ ।
Comments are closed.