Nepal's First Video FM

कांग्रेसको इतिहास राखेका शिखर पुरुष स्व. कोइरालाको आठौं स्मृति दिबस आज ! किन चुके कांग्रेस ?पढ्नुहोस

572

चैत्र ३,पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।
शुरुतिर कम्युनिष्टप्रति असहिष्णु देखिएका कोइराला जीवनको उत्तरार्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्दै पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाको सूत्रधार बन्नुभएको थियो ।
गिरिजाप्रसाद कोइराला देशमा ५ पटक प्रधानमन्त्री हुनुभएको थियो ।

भारत निर्वासनमा रहेकै बेला वि सं १९८१ सालमा कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाको पुत्रका रुपमा बिहार राज्यको टेडी शहरमा जन्मिएका कोइरालाको बाल्यकाल भारतमै बितेको थियो ।

You might also like

Comments are closed.