चैत्र ३, सेलिब्रेटी रोबोट ‘सोफिया’ ले नेपाललाई प्रविधिको सहयोगमा गरिबी हटाउन सहयोग पुग्ने बताएकी छिन् । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले राजधानीमा आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सोफियाले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् । नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेकोले सही तरिकाले प्रविधिको अवलम्बन गर्न सके विकासले गति लिने विश्वास सोफियाले व्यक्त गरिन् । मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो ।
सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् । साभार इकान्तिपुर
Comments are closed.