Nepal's First Video FM

दोषीलाई कारबाही गर्न माग गर्दै प्रशासनमा ध्यानाकर्षण पत्र

650

चैत ७, बाजुरामा रहेका विभिन्न संस्थामा आवद्ध दलित अधिकारकर्मीहरुले गाउँमा रहेका दलित माथिको आक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्याल बाजुरामा ध्यानाकर्षण पत्र बुझाएका छन् । दलितका अधिकारका लागि लड्ने जिल्लाका दश संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको संयुक्त हस्ताक्षरमा  प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीलाई बुझाएका छन् ।

जिल्लाको गौमुल गाउँपालिका–४ का स्थानीय ४२ परिवार माथि  गैर दलितहरुका केही व्यक्तिहरुले पटक पटक आक्रमण गरी मराणसन्न हुने गरी कुटपिट गर्ने र विभिन्न यातना दिने लगायतका घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको दलित अधिकारकर्मी कासी वि.क.ले बताएका हुन्  ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.