Nepal's First Video FM

बाहिर निस्कनु हुदै छ आज धेरै स्थानमा हिमपात र मेघगर्जन-चट्याङसहित वर्षा हुन्छ, जोगिनुकाेलागि आग्रह

398

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

भोलि आइतबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमबार पनि वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा पानी पर्नेछ । लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ पौष २५ गते (आईतबार)

दिउँसो : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य देखी पूर्ण बदली रही बांकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धरै स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य वदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेशका थोरै स्थानहरु र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनुहुन महाशाखाको अनुरोध छ।

You might also like

Comments are closed.