Nepal's First Video FM

अर्घाखाँचीमा एसईइ परिक्षा को सम्पूर्ण तयारी पुरा ८९ विद्यार्थी अयोग्य

448

चैत ७, चैत्र ८ गतेबाट हुने एसईइ परिक्षाको अर्घाखाँचीमा सवै तयारी पुरा भएको शिक्षा कार्यालयले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी जिल्लामा नियमिततर्फ तर्फ ३ हजार ५ सय १८ र एक्जेम्टेड ग्रेड वृद्धि तर्फ १७७ जना रहेको जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउँत क्षेत्रीले जानकारी दिए ।

नियमिततर्फ १ हजार ५ सय ८५ छात्र र १ हजार ९ सय ३३ छात्रा रहेका छन । नियमितमा छात्र भन्दा ३ सय ४५ जना छात्रा बढी रहेका छन । एक्जेम्टेड तर्फ पुरुष ५२ र छात्रा १ सय २५ रहेका छन, एक्जेम्टेडमा छात्र भन्दा छात्रा ७३ जना बढी रहेको राउँतले बताए ।

एसईइ परिक्षा दिनका लागी आवेदन भरेका ३६०७ विद्यार्थी मध्ये ७५ प्रतिशत हाजीर नभएका ८९ जना परिक्षा दिनबाट बञ्चीत भएका छन । जसमा छात्र ४४ र छात्रा ४५ रहेका छन ।

स्रोत: हिन्दु खबर

You might also like

Comments are closed.