Nepal's First Video FM

म ५ वर्ष सम्मका लागि साझा व्यक्ति हुँ : सभामुख महरा

459

चैत ७, सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सरकारलाई नीति निर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताए ।

सभामुख महराले भने– “अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन्, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा निष्पक्ष रुपले काम गर्नेछु” ।

अहिले आफ्नो पहिलो काम कानून निर्माण गर्ने भएकाले त्यसका लागि आफू अत्यन्त जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले दाङका जनताका लागि आफ्नो जनप्रतिनिधिको भूमिकामा कतै पनि कमी नआउने बताए ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले टरिगाउँ विमानस्थलको स्तरोन्नति, इन्धन डिपो निर्माण, बहुउद्देश्य सभाहल निर्माण र व्यावसायिक सुरक्षा लगायतका माग सहितको ज्ञापन पत्र सभामुख महरालाई बुझाएको थियो । रासस

You might also like

Comments are closed.