चैत ७, अफगानिस्तानको राजधानी काबुलमा गरिएको एउटा शङ्कास्पद आत्मघाती बम आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा १८ जना घाइते भएका छन् ।
प्रारम्भिक विवरणहरूका अनुसार एक जना संदिग्ध आक्रमणकारीले नयाँ वर्षको उत्सव मनाउन भेला भएका सयौँ मानिसहरूको भिडलाई निशाना बनाएको थियो ।
अहिलेसम्म कसैले आक्रमणको जिम्मेवारी लिएको छैन । पछिल्लो समयमा सियाहरूमाथि आक्रमणका घटना बढेका छन् । ती अधिकांशको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिने गरेको छ ।
आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएअनुसार पैदल आएको एक जना आत्मघाती आक्रमणकारीले एउटा धार्मिक स्थलतिर प्रवेश गर्न लाग्दा उसलाई प्रहरीले चिनेपछि आफूसँग भएको विस्फोटक पदार्थ पड्काएको थियो ।
बीबीसीबाट साभार
Comments are closed.