Nepal's First Video FM

शिक्षा मन्त्रालयको निर्णय : माघ १५ सम्म विद्यालय बन्द गर्ने

422

काठमाडौं, सरकारले माघ १५ गतेसम्म शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। आज बसेको शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सचिवस्तरीय बैठकले १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो।

सीसीएमसीसीकै सिफारिस अनुसार विद्यालय बन्द हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकरी दिए । कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।

You might also like

Comments are closed.