Nepal's First Video FM

डोटीमा ढिस्कोले पुरिएर ३ वर्षिया बालिकाको मृत्यु

481

चैत ७, डोटी । नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो । घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो ।

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पु¥याउने क्रममा उनको मृत्यू भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन् ।

घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्षिय चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । रासस

You might also like

Comments are closed.