Nepal's First Video FM

‘ड्राइभर ग्याङ’ बलात्कार प्रकरणः थप एक जना पक्राउ

510

चैत ७, गत १७ फागुनदेखि १३ दिनसम्म बन्धक बनाएर बौद्धिक अपाङ्ग बालिकालाई बलात्कार गर्ने समूहका थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदिप बजगाईं छन् ।

चक्रपथ क्षेत्रमा चल्ने दुई वटा सार्वजनिक बसका चालक र सह–चालकले १५ वर्षीय किशोरीको बलात्कार गरेका थिए । घटनामा संलगन गाडी चालक र सह–चालक भोला तामाङ, चन्द्र सापकोटा, सन्तोष घिमिरे र दिवस गड्तौडा पक्राउ परिसकेका थिए । थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
साभार अनलाईनखबर

You might also like

Comments are closed.