चैत ८, फेसबुकमा बीएफएफ टाइप गरेर आफ्नो फेसबुक कसैले ह्याक गरे नगरेको पत्ता लगाउन सकिने भन्दै फेसबुकमा भाइरल भइरहेको हल्ला निराधार रहेको फेसबुकले पुष्टी गरेको छ । फेसबुकका एकजना अधिकारीले खसोखासले लेखेको इमेलको जवाफ दिदै त्यो सबैलाई थाहा हुने हल्लामात्र रहेको बताएकी छिन् ।
फेसबुकको डाटाहरु चोरी भएको भन्ने समाचार आइरहदा बीएफएफ लेखेर आफ्नो फेसबुक ह्याक भए नभएको जाँच्न सकिने निराधार हल्ला फैलिएको हो । तर वास्तवममा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरुमा प्रचलित बीएफएफ बेष्ट फ्रेण्ड फरइभरको छोटो रुपमात्र हो । फेसबुकले केही शब्दहरु टाइप गरेर त्यस्ता शब्दमाथि क्लिक गर्दा रमाइला एनिमेशनहरु आउने बनाएको छ ।
बीएफएफ, यु आर द बेष्ट, बेष्ट विसेस, यु गट दिस, यु ह्याभ गट दिस, यु क्यान डु इट, र्याड, र्याडनेस, कंग्राचुलेसन जस्ता शब्दहरु टाइप गर्दा पनि एनिमेशन आउने गर्छ ।
Comments are closed.