Nepal's First Video FM

आजदेखि एसईई परीक्षा सुरू, परीक्षामा अमर्यादित कार्य गर्नेलाई एक लाखसम्मको जरिवाना

687

 चैत ८, बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ एसईई परीक्षा सुरू हुदै छ । यस वर्षको परीक्षामा ४  लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि देशभर गरी १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रति केन्द्र एक जना केन्द्राध्यक्ष, २ हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिने भएको छ । जसअनुसार अनिवार्य विषय तर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

परीक्षामा बाधा पुर्याउने र अमर्यादित कार्य गर्नेलाई १ लाख रुपैयासम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यबस्था गरिएको छ । सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरु तथा शिक्षा मन्त्रालय मार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारवाही गर्न सक्ने अधिकार दिइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.