Nepal's First Video FM

पूर्वमन्त्री रानालाई कोरोना संक्रमण

88

काठमाडौं, नेकपा एमालेका पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना पुष्टि भएको छ ।

कैलाली एमाले इञ्चार्ज समेत रहेका नेता रानालाई एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री रानालाई बिहीबार बिहान कोरोना संक्रमण पुुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

उनी अहिले होम आइसुलेसनमा बसेका छन् ।

यो पनि पढनुहोस

धादिङको रुवी भ्याली गाउँपालिका १ मा गएको पहिरोमा परेर बेपत्ता भएका तीनजना अझै फेला परेका छैनन् । यद्यपि, उनीहरूको पहिचान भने भएको धादिङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीका अनुसार बेपत्ता हुनेमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । चालक र सहचालक काभ्रेका रहेका छन् ।

बेपत्ताको खोजी कार्य सुरु भएको तर हालसम्म फेला नपरेको डिएसपी भण्डारीले जानकारी दिए ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएर अहिले उद्धार कार्य सुरु गरेको छ । तर, लामो पहिरो र ठूलो खोल्सो रहेकाले बेपत्तालाई भटिएका छैनन्’, उनले भने, ‘बेपत्ताको अवस्थाबारे हालसम्म अनुमान गर्न सकिने अवस्था छैन ।’

रुवी भ्यालीमा बाटो खन्ने क्रममा पहिरो खस्दा आज बिहान ७ बजेतिर डोजरसहित तीनजना बेपत्ता भएका छन् ।

गाउँपालिकाको वडा नम्बर १ स्थित पुरबाट लिङचोसम्म जाने बाटो खन्ने क्रममा पहिरो खसेको हो ।

घटनास्थल सदरमुकाम धादिङबेसीबाट करिब ८५ किलोमिटर टाढा छ ।

You might also like

Comments are closed.