Nepal's First Video FM

रुकुममा जिप दुर्घटना एकको मृत्यु, नौ घाइते

418

चैत ८, रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन् ।  वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतककी श्रीमती २७ वर्षीया अमृता खत्री र सात वर्षीय छोरा हिडन खत्री गम्भीर घाइत भएका छन् भने सोही गाउँपालिका वडा नं ७ का ३५ वर्षीया प्रकाश नेपाली, २० वर्षीया निरुता खत्री, ४० वर्षीय बलबहादुर नेपाली, २६ वर्षीय राजकुमार खत्री, बालिका मञ्जु खत्री, आठबीसकोट नगरपालिका वडा नं ९ का २५ वर्षीय रमेश खत्री र वडा नं १२ का ३८ वर्षीय मानबहादुर विष्ट घाइते भएका छन् ।

You might also like

Comments are closed.