चैत ८, पोखरी मासिएका कारण दिनप्रतिदिन पानीका मुहानहरु सुक्दै गैरहेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा दश घर एक पोखरी अभियान शुरु गरिएको छ । गाउँ गाउँमा रहेका पोखरीहरु संरक्षणको अभावमा मासिदै गैरहेका बेला युवाहरुको सक्रियतामा अभियानको सुभारम्भ गरिएको हो ।
पोखरीहरु मासिदै जाँदा आकासबाट परेको पानी जमिनभित्र सिंचित हुन नपाएका कारण पानीका मुहानहरु सुक्दै गएपछि प्रकृतीको संरक्षणको लागि अभियान शुरु गरिएको अभियानकर्मी युवा व्यवसायी कृष्ण प्रसाद भुसालले बताए । अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा गरि पाँच सय पोखरी निर्माण गर्ने लक्ष्य लिएको अभियानले एक हप्ताको विचमा करिव एक दर्जन पोखरी निर्माण गरिसकेको छ ।
Next Post
You might also like
Comments are closed.