Nepal's First Video FM

प्रम ओलीको पहिलो विदेश भ्रमण भारत, चैत अन्तिम साता जाने

580

चैत ८, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमण छिमेकी राष्ट्र भारतलाई बनाउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओली अगामी तेस्रो साता नयाँ दिल्ली भ्रमणमा जान लागेका हुन् ।

श्रोतका अनुसार ओलीले चैत २३ देखि २५ सम्म तीन दिने भारत भ्रमण गर्न लागेपनि परराष्ट्र मन्त्राललये प्रधानमन्त्री ओलीको भ्रमणको आधिकारिक मिति भने टुङ्गो लगाइसकेको छैन ।

मन्त्री भएको दुई दिनलगत्तै क्लबको साक्षात्कारमा आएका परराष्ट्रमन्त्री ज्ञवालीले पहिलो विदेश भ्रमण भारत नै हुने घोषणा गरेका थिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्रीले भारत भ्रमण गर्ने निश्चित भएपनि त्यसवारे छलफल भइरहेको बताए ।

ओली प्रधानमन्त्री भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक भारत भ्रमणको निम्ता दिएका थिए । त्यस्तै बाम गठबन्धन निर्वाचनमा विजयी भएसँगै भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौ नै आएर त्यसवेला भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भारत भ्रमणको निम्तो दिएकी थिइन् ।

You might also like

Comments are closed.