Nepal's First Video FM

कोरोना संक्रमण रोकथाम : ललितपुर प्रशासनद्वारा नयाँ आदेश जारी (आदेशसहित)

116

काठमाडौं :जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। प्रशासन कार्यालयले आज आदेश जारी गर्दै जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा आउन निर्देशन दिएको हो।

आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि यस्तो आदेश जारी गरिएको हो । नयाँ आदेश आज राति १२ बजेदेखि लागु हुने जनाइएको छ ।

You might also like

Comments are closed.