Nepal's First Video FM

ब्रोइलारको मासु खाँदा बालिकाको मृत्यु, ४ जना बिरामी

546

चैत ८, सल्यानमा ब्रोइलर कुखुराको मासु खाँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य ४ जना बिरामी भएका छन् ।

बुधबार राति घरमै पकाएको ब्रोइलरको मासु खाँदा छत्रेश्वरी–४, झिम्पे हारिचार निवासी हिरालाल बिककी १० वर्षीया छोरी छाँया बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्य ४ जना पनि बिरामी परेको छन् । बिरामी पर्नेमा हिरालाकै ११ वर्षीया छोरी झरना बिक, ६ वर्षीया छोरी रेनुका बिक तथा हिरालालकै ४० वर्षीया बहिनी टीका बिक र धनबहादुर बिक रहेका छन् ।

माइत आएका बहिनी–ज्वाईले स्थानीय बजारबाट ल्याएको ब्रोइलरको मासु पकाएर खाँदा एक जनाको मृत्यु भएको र अन्याको ज्यान गएको मृतककी आमा लक्ष्मी बिकले जानकारी दिए ।

मृतककी आमा लक्ष्मी भन्छिन्-‘पहिले घरका ठूला मान्छेलाई उल्टी र पखाला सुरु भयो । त्यसपछि केही समयपछि पेट दुख्यो भनेर छोरीहरु पनि रुन कराउन थाले । हामी अत्तालिएर हामी उपचार गर्न श्रीनगर गयौं, तर त्यहाँ पुग्दा छोरीको ज्यान गइसकेको रहेछ ।’

श्रीनगरको अधिकारी मेडिकलमा सामान्य उपचारपछि ३ जनाको अहिले जिल्ला अस्पताल सल्यान र धनबहादुर विककोे नेपालगञ्जमा उपचार भैरहेको छ । अहिले तीनै जनाको अवस्था समान्य रहेको छ । मासु खाँदा फुट प्वाइजनिङ भएको हुनसक्ने जिल्ला स्वास्थ्य प्रमुख अर्जुन बुढा मगरले बताए ।

You might also like

Comments are closed.