चैत्र ८, रामेछाप । रामेछापमा किरियापुत्री बसेका एक विद्यार्थीले एसईई परीक्षा दिएका छन् । बिहीबार सुरु भएको एसईई परीक्षामा रामेछाप जिल्लाको धोवी परीक्षा केन्द्रबाट सवन महतले परीक्षा दिएका छन् ।
मन्थली माविका विद्यार्थी महतका बाबुको ५ दिनअघि मृत्यु भएको थियो । कठजोरस्थित निलकण्ठेश्वर मावि स्रोत केन्द्रबाट परीक्षा दिनुपर्ने महतलाई घर नजिक पर्ने झटेश्वर मावि परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाएको स्रोत व्यक्ति वीरेन्द्र सहनीले बताए ।
उनले झटेश्वर मावि परीक्षा केन्द्रबाट परी दिए पनि उत्तरपुस्तिका निलकण्ठेश्वर परीक्षा केन्द्रमा लगिने स्रोत व्यक्ति सहनीले बताए ।यस वर्षको एसईई परीक्षामा रामेछाप जिल्लाबाट १ हजार ७ सय ६७ छात्र र २ हजार ८३ छात्रा गरी कुल ३ हजार ८ सय ५० विद्यार्थीले परीक्षा दिएका छन् ।
Comments are closed.