विद्यार्थीको शरीरमा गहिरो निलडाम हुने गरी कुट्ने एक शिक्षकलाई झापामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
६ वर्षीय दिप्सन राउतको शरिरमा देखिएको निलो डाम ।
झापा मेचीनगर ५ मा सञ्चालन भएको ग्रिन भिलेज अग्रेजी विद्यालयका शिक्षक प्रवेश निरौलाले कक्षा एक मा पढ्ने ६ वर्षीय दिप्सन राउतको ढाडमा गहिरो निलडाम हुने गरी बुधवार कुटेका थिए ।
परिवारलाई बिहीबार बिहान मात्र थाहा भएपछि पीडित बालकका परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिएका थिए । उजुरी पछि उनलाई विद्यालयबाटै नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको डिएसपी टंकप्रसाद भट्टराईले जानकारी दिनु भयो । दोषी शिक्षकलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने पीडित बालकका हजुरबुवा बिर्खवहादुर राउतले बताउनु भयो ।
विद्यार्थी कुट्ने शिक्षक ।
विद्यार्थीलाई शरीरमा गहिरो चोट पुग्ने गरी कुट्ने शिक्षकलाई विद्यालयको तर्फबाट माफी नदिने विद्यालयका संञ्चालक हरि बुढाथोकीले बताउनु भयो ।
Comments are closed.