चैत्र ८, वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरूले अब आफू कार्यरत देशबाटै मतदान गर्न पाउने भएका छन् । वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरूको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिरबाट समेत मतदान गर्न सक्ने गरी कानूनी व्यवस्था गर्नुपर्ने लगायतको माग लिएर सामाजिक न्यायको लागि कानुन नीति नियम मञ्चले सर्वोच्च अदालतमा २०७३ वैशाख १४ गते निवेदन दर्ता गराएको थियो ।
सर्वोच्चले उक्त निवेदनको पक्षमा बुधबार निर्देशनात्मक आदेश जारी गरेसँगै विदेशमा रहेका नेपाली कामदारले कार्यस्थलबाटै मतदान गर्न पाउने भएका हुन् । रेडियोनआरन
Comments are closed.