Nepal's First Video FM

एसईई अंग्रेजी प्रश्नपत्रमा त्रुटी !को हुने जबाफदेहि ? पढ्नुहोस्

598

यसवर्षको एसईई परीक्षाको पहिलो दिन बिहीबारका लागि परीक्षार्थीलाई बाँडिएको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटी भेटिएको छ । लमजुङको बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रधान्याध्यापक एवं केन्द्राध्यक्ष विनोद गुरुङले प्रश्न पत्रमा त्रुटी भेटेपछि शिक्षा कार्यालयका उपजिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराईलाई भनेका थिए ।
उनले शिक्षा अधिकारी गोपालप्रसाद कँडेललाई खबर गरी त्रुटीबारे बताएको र त्यसपछि परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेर त्रुटी सच्याएको बताए । अनिवार्य अंग्रेजी विषयको पेज नं. ३, प्रश्न नं. ३ को ‘ए’ मा सही र गलत छुट्याउन भनी ५ नं. को अंकभार राखेर प्रश्न सोधिएकोमा वाक्य राखेर खाली ठाउँ भर्न लगाइएको छ । ‘प्रश्नपत्रमा ट्रयु र फल्स छुट्याउने भनिएको छ ।

प्रश्न सवै खाली ठाउँ भर्नेछ । यसले हामी अन्यौलमा पर्‍यौं’ प्रिन्सीपल विनोदले भने, ‘यो त परीक्षा नियन्त्रण कार्यालयको गल्ती हो ।’ उपजिसिअ भट्टराईले प्रश्नभार कम नम्बरको भएपनि यसमा विद्यार्थी अन्यौलमा परिहालेमा यसले पास र फेल गराउन सक्ने बताए । ‘प्रश्नपत्रमा गल्ती हुनसक्छन् । स्पेलिङ मिस्टेक वा कुनै शब्द छुटिनु त ठिकै छ । एउटा प्रश्न सोधिएको छ, अर्को गर्न लगाइएको छ, यो परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो नि ।’ उनले पछि सवैबाट प्रश्नपत्रमा त्रुटी रहेको गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालयमा सोधेर यसलाई सच्याइएको उनले बताए । इकान्तिपुर

You might also like

Comments are closed.